NEPSE: 2123.45 ▲ +12.34 | NABIL: 545.60 ▼ -3.50 | NRIC: 800.00 ▲ +5.00 | NTC: 870.00 ▲ +2.00 | NLIC: 1150.00 ▼ -10.00
NEPSE Live Ticker
NEPSE Live Ticker
NEPSE Live Ticker

एलिना चौहानले ‘हेट स्पिच’ दिने सोसल मिडिया खातालाई सार्वजनिक गर्न थालिन्

News Summary

Generated by OK AI. Editorially reviewed.

  • गायिका एलिना चौहानले सामाजिक संजालमा अमर्यादित टिप्पणी गर्ने प्रयोगकर्तालाई सार्वजनिक गरिरहेकी छन्।
  • उनीले फेसबुक लाइभमा ‘कमेन्टको अत्याचार’ भन्दै पोस्ट गर्दै ती प्रयोगकर्तालाई सार्वजनिक गर्न थालेकी हुन्।
  • अर्का कलाकार र अभिनेत्रीहरूले पनि आफ्ना विरुद्धको हेट–स्पिचका स्क्रिनसट् सेयर गरेका छन्।

काठमाडौं । गायिका एलिना चौहानले सामाजिक संजालमा आफ्नो बारेमा अमर्यादित टिप्पणी गर्ने प्रयोगकर्तालाई सार्वजनिक गर्न थालेकी छन् । पोस्टमा नकारात्मक कमेन्टदेखि मेसेजमा अभद्र सन्देश पठाउनेको स्क्रिनसट् र लिंकसहित उनले धमाधम सार्वजनिक गरिरहेकी छन् ।

बुधबार बेलुका फेसबुकमा लाइभ आउँदै उनले ‘कमेन्टको अत्याचार’ बढी भएको गुनासो गर्दै पालैपालो पोस्ट गर्ने बताएकी थिइन् । उनले सार्वजनिक गरेका केही फेसबुक प्रयोगकर्ताले उनको यसअघिको दाम्पत्य जीवन र पूर्वश्रीमानबारे अभद्र टिप्पणी गरेको देखिएको छ । उनले यस्ता कमेन्ट गर्ने प्रयोगकर्तालाई सार्वजनिक गरेकी हुन् ।

‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु । भाइरल हुन मन लाग्नेहरू आइज है’ उनले लेखेकी छन् । फेसबुक लाइभमा उनले अबदेखि आफूले सहन नसक्ने बताएकी थिइन् ।

यसअघि गायिका समीक्षा अधिकारी, टिकटकर प्रिन्सी–प्रिज्मा खतिवडादेखि अभिनेत्री ऋचा शर्माले पनि आफूविरुद्ध अमर्यादित टिप्पणी गर्नेको स्क्रिनसट् र लिंक सेयर गरेका थिए । पछिल्लो समय सामाजिक संजालमा हेट–स्पिच बढ्न थालेपछि कलाकारले धमाधम त्यस्ता प्रयोगकर्ताका एकाउन्टलाई सार्वजनिक गर्न थालेका छन् ।

By नेपाल न्युज

सम्बिन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.