रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, सुक्खा बन्दरगाहका गाडीसमेत बगे
Photo Credit : रेडियो लाङटाङ २४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ । ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो । बाढीले अहिलेसम्म मानवीय क्षति भएको पुष्टि भइसकेको छैन । ‘तर भन्सार क्षेत्रका गाडी बगाउने क्रममा त्यहाँ रहेका केही चालक, सहचालक पनि बगे…