NEPSE: 2123.45 ▲ +12.34 | NABIL: 545.60 ▼ -3.50 | NRIC: 800.00 ▲ +5.00 | NTC: 870.00 ▲ +2.00 | NLIC: 1150.00 ▼ -10.00
NEPSE Live Ticker
NEPSE Live Ticker
NEPSE Live Ticker

शोधनान्तर स्थिति ५ खर्ब बचतमा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • चालु आर्थिक वर्षको जेठसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ।
  • आयातमा सुधार नभए पनि निर्यात र रेमिट्यान्स आप्रवाहले शोधनान्तर सुधार गरेको हो।
  • गत आवको तुलनामा चालु आवमा विदेशी लगानी र पूँजीगत ट्रान्स्फरमा वृद्धि भएको छ।

२४ असार, काठमाडौं । चालु आर्थिक वर्ष जेठ महिनासम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ ।

गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो ।

आयातमा उल्लेख्य सुधार हुन नसक्दा र निर्यात बढेपछि शोधनान्तर बचत बढेको हो । चालु आव ११ महिनामा आयात १३ प्रतिशतले मात्र बढेको छ भने निर्यात ७७.८ प्रतिशतले बढेको छ ।

त्यसैगरी रेमिट्यान्स आप्रवाह पनि १५.५ प्रतिशतले बढेको छ । त्यसले गर्दा पनि शोधनान्तर स्थितिमा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ ।

अमेरिकी डलरमा गत आव सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव जेठसम्म ३ अर्ब ६२ करोडले बचतमा छ ।

चालु आवको समीक्षा अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता २ खर्बले  बचतमा थियो ।

अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता चालु आव जेठसम्म अवधिमा २ अर्ब २६ करोडले बचतमा छ ।

चालु आव जेठसम्म खुद पूँजीगत ट्रान्स्फर ८ अर्ब ९६ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर ५ अर्ब ४६ करोड थियो ।

यसैगरी चालु आव जेठसम्म ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड थियो ।

By नेपाल न्युज

सम्बिन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.