NEPSE: 2123.45 ▲ +12.34 | NABIL: 545.60 ▼ -3.50 | NRIC: 800.00 ▲ +5.00 | NTC: 870.00 ▲ +2.00 | NLIC: 1150.00 ▼ -10.00
NEPSE Live Ticker
NEPSE Live Ticker
NEPSE Live Ticker

नेपाल ट्रेन्डिङको शीर्षस्थानमा ‘बेहुली’ : ट्रेन्डिङ मुलुकको संख्या ८ पुग्यो

News Summary

Generated by OK AI. Editorially reviewed.

  • सज्जनराज वैद्यको नयाँ गीत ‘बेहुली’ नेपालसहित ८ मुलुकको युट्युब ट्रेन्डिङमा छ।
  • नेपालमा यो गीत ट्रेन्डिङको मुख्य खण्डमा शीर्ष स्थानमा पुगेको छ।
  • गीतलाई १४ लाख पटक हेरिएको छ र दिब्या रायमाझी र उनका बुवाले सामाजिक संजालबाट प्रवर्धन गरिरहेका छन्।

काठमाडौं । सज्जनराज वैद्यको नयाँ गीत ‘बेहुली’ नेपालसहित ८ मुलुकको युट्युब ट्रेन्डिङमा स्ट्रिम भैरहेको छ । मंगलबारदेखि बेलायत र क्यानडामा पनि यो गीत संगीत खण्डतर्फको ट्रेन्डिङमा समावेश भएको छ ।

नेपालमा मंगलबार युट्युब ट्रेन्डिङको मुख्य खण्डकै शीर्षस्थानमा गीत उक्लिएको छ । दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’पछि सज्जनको यो गीत ट्रेन्डिङको मुख्य खण्डमा उक्लिन सफल भएको हो । संगीत खण्डतिर त केही दिनदेखि आइरहेको थियो ।

नेपाली समयानुसार मंगलबार बिहानदेखि क्यानडामा युट्युब ट्रेन्डिङ (संगीत खण्डतर्फ)को २७ औं स्थानमा गीत प्रवेश गरेको छ । बेलायतमा २४ औं स्थानमा छ । अस्ट्रेलियामा दोस्रो, युएईमा पाँचौ, कतारमा ८, कुवेतमा १२, माल्टामा दोस्रो स्थानमा यो गीत ट्रेन्डिङमा छ ।

यो समाचार लेख्दासम्म गीतलाई १४ लाख पटक हेरिएको छ । सज्जनको संगीत र स्वर रहेको गीतमा उनीसहित दिब्या रायमाझी पनि देखिएकी छन् । अघिल्ला दुई फिल्मले दिन नसकेको दिब्याको हाइप यो एउटै गीतले दिएको देखिएको छ । दिब्या र उनका बुवा दिलिपले पनि सामाजिक संजालबाट गीतको प्रवर्धन गरिरहेका छन् ।

By नेपाल न्युज

सम्बिन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.