NEPSE: 2123.45 ▲ +12.34 | NABIL: 545.60 ▼ -3.50 | NRIC: 800.00 ▲ +5.00 | NTC: 870.00 ▲ +2.00 | NLIC: 1150.00 ▼ -10.00
NEPSE Live Ticker
NEPSE Live Ticker
NEPSE Live Ticker

रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, सुक्खा बन्दरगाहका गाडीसमेत बगे

Photo Credit : रेडियो लाङटाङ

२४ असार, काठमाडौं ।  चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।

ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो । बाढीले अहिलेसम्म मानवीय क्षति भएको पुष्टि भइसकेको छैन । ‘तर भन्सार क्षेत्रका गाडी बगाउने क्रममा त्यहाँ रहेका केही चालक, सहचालक  पनि बगे कि भन्ने अनुमान छ । तर एकिन भइसकेको छैन,’ उनले भने ।

‘प्रारम्भिक जानकारी अनुसार बाढीले अन्दाजी ६–७ वटा ईभी गाडीहरु बगाएको भन्ने छ । त्यहाँ केही मानिसहरु पनि फसेको जानकारीमा आएको छ । उद्धार टोली परिचालित भएको छ,’ उनले भने ।

बाढीले रसुवागढी जलविद्युत आयोजनामा पनि क्षति पुगेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । खासगरी मैलुङ र बेत्रावती क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।

मैलुङ प्रहरी चौकीका प्रहरीहरु जोखिमका कारण सुरक्षित स्थानमा गएको उनले बताए ।

https://www.facebook.com/plugins/video.php?height=420&href=https%3A%2F%2Fwww.facebook.com%2Fonlinekhabarnews%2Fvideos%2F1077471213716011%2F&show_text=true&width=560&t=0

By नेपाल न्युज

सम्बिन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.