NEPSE: 2123.45 ▲ +12.34 | NABIL: 545.60 ▼ -3.50 | NRIC: 800.00 ▲ +5.00 | NTC: 870.00 ▲ +2.00 | NLIC: 1150.00 ▼ -10.00
NEPSE Live Ticker
NEPSE Live Ticker
NEPSE Live Ticker

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

२०८२ असार  २४ गते १२:५३२०८२ असार २४ गते १२:५

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

News Summary

  • राष्ट्रिय खेलकुद परिषदबाट गठित छानबिन कार्यदलले नेपाल क्रिकेट संघलाई एनपीएलको काम रोक्न निर्देशन दिएको छ।
  • कार्यदलले क्यानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीबारे स्पष्ट जवाफ दिन निर्देशन दिएको हो।
  • एनपीएलको पहिलो सिजनमा अनियमितता भएको भन्दै उजुरी परेको छ।

२४ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई एनपीएलको विषयमा चाँडै स्पष्ट जवाफ पेश गर्न माग गरेको छ ।

छानबिन समितिको आइतबार क्यानलाई पत्र लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन कार्य सम्पन्न नहुँदासम्म एनपीएलको दोस्रो संस्करणसँग जोडिने कुनै पनि काम नगर्न निर्देशन दिएको छ ।

यसअघि पनि छानबिन कार्यदलले क्यानलाई पत्र लेख्दै विभिन्न विषयमा स्पष्ट जवाफ माग गरेको थियो । यसपटक भने छानबिन कार्यदलले क्यानलाई कडा भाषामा पत्र लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको स्पष्ट जवाफ पेश गर्न छानबिनमा सहयोग गर्न भनेको छ । साथै उक्त छानबिन कार्य नटुङ्गिएसम्म एनपीएल सम्बन्धि कुनै काम नगर्नु नगराउनु भनेर भनेको छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गरी यस कार्यदलले प्रतिवेदन पेश गरी यस कार्यदलले प्रतिवेदन पेस गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन कार्य सम्पन्न नहुँदासम्म नेपाल प्रिमियर लिगसम्बन्धी कुनै कार्य नगर्नू नगराउनू हुन समेत जानकारी गराइन्छ,’ छानबिन कार्यदलले क्यानलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।
छानबिन कार्यदलले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरी पछिल्लो पत्र पठाएको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण २०८१ साल मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको थियो । तर पहिलो संस्करण भव्य रुपमा सफल भएपनि एनपीएलको आयोजनासँग जोडिएको विभिन्न विषयमा अनियमितता भएको र आर्थिक हिसावकिताव समेत सार्वजनिक नगरेको भन्दै अख्तियारसम्म उजुरी परेको छ ।

पहिलो संस्करण सकिएको ६ महिना सकिँदा सम्म आर्थिक हिसाबकिताब सार्वजनिक नहुँदा क्यान भित्रकै सदस्यहरुले क्यान नेतृत्वलाई पत्र लेख्दै गुनासो समेत राखिसकेका छन् । क्यान अध्यक्ष चन्दले राखेपको छानबिन कार्यदलबाट पत्र प्राप्त भएको र त्यस सम्बन्धि जवाफहरु पेश गर्न क्यान सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्कालाई भनिसकेको बताए ।

‘पत्र अध्यक्षलाई लेखेपनि नामै तोकेर लेख्न मिल्छ त?’ चन्दले गुनासो गरे, ‘संस्थालाई लेख्नुपर्छ । जसलाई एनपीएलको जिम्मा दिएको हो उहाँलाई मैले चाँडै जवाफहरु पेश गर्न भनिसकेको छु । आवश्यक सबै कुराहरु बुझाउनुपर्‍यो भनेर भनिसकको छु।’

यस्तै चन्दले क्यानको बोर्ड मिटिङ जुलाई अन्तिममा हुने र सबै कुरा छलफल गरेर सार्वजनिक गरिने जानकारी दिए । ‘हाम्रो बोर्ड मिटिङ जुलाईको अन्तिममा हुँदैछ । सबै कुराहरु आएपछि बोर्डमा छलफल गरेर सबै सत्यतथ्य सरकारलाई, राखेपलाई जानकारी गराउँछौं’ चन्दले भने ।

चन्दले एनपीएलको दोस्रो संस्करण अझ भव्य हुने दावी गरे । ‘एनपीएल रोकिहाल भन्नुपर्ने कारण म देख्दिन’ उनले भने ।

राखेप अन्तर्गत छानबिन कार्यदलले क्यानलाई एनपीएल बारेमा पत्र लेखेको यो पहिलो पटक भने होइन । यसअघि कार्यदलले २०८२ जेठ २६ मा पनि क्यानलाई पत्र लेख्दै आवश्यक कागज पत्रहरु माग गरेको थियो । तर त्यसमा चित्त बुझ्दो जवाफ नआएको भन्दै कार्यदलले क्यानलाई अर्को पत्र काटेको हो ।

एनपीएलको पहिलो संस्करणमा आर्थिक अनियमितता भएको भन्दै अख्तिर दुरुपयोग अनुसन्धान आयोगमै उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयले एनपीएल आयोजनाका क्रममा भएको अनियमितताको विषयमा छानबिन गर्न राखेपको बोर्ड सदस्य रञ्जना प्रधानको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेको थियो ।

उक्त छानबिन कार्यदलले क्यानलाई एनपीएलको विभिन्न विषयमा प्रश्न गर्दै पत्र पठाएर आवश्यक सक्कल कागजात हरु पेश गर्न भनेको थियो । तर क्यानबाट प्राप्त कागजात र जवाफ स्पष्ट नभएको र पूर्ण नभएको भन्दै कार्यदलले असार २२ गते आइतबार फेरि पत्र पठाएको हो ।

‘कार्यदलले माग गरेको वा उजुरीमा उल्लेखित विषयवस्तुका सम्बन्धमा छानबिन कार्यदल निष्कर्षमा पुग्नका निम्ति आवश्यक कागजात, सूचना र तथ्य प्रदान नगरी केवल झारा टार्ने उद्देश्यबाट अभिप्रेरित भई केवल सतही उत्तर प्रदान गरेको कारणबाट छानबिन कार्यदल निष्कर्षमा पुग्न नसक्ने अवस्था विद्यमान देखिएको कारणबाट अन्तिमपटक उल्लेखित प्रश्नहरुको तथ्यपरक र वस्तुनिष्ठ एवमं अख्तियारमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गर्न जानकारी गराइन्छ’ पत्रमा भनिएको छ ।

संयोजक रञ्जना प्रधानले हस्ताक्षर गरेको उक्त पत्रमा माग अनुसारको जवाफ नआएमा कानुन अनुसार अघि बढ्ने चेतावनी पनि दिइएको छ ।

एनपीएलको पहिलो संस्करण सफल रुपमा सम्पन्न भएर अन्तर्राष्ट्रिय स्तरमै चर्चा भएको भनिएपनि आन्तरिक रुपमै उब्जिएको विवादहरु हल हुन नसक्दा दोस्रो संस्करण तोकिएको समयमा हुन्छ कि हुँदैन भन्ने शंका उत्पन्न हुन थालेको छ ।

नेपाल प्रिमियर लिग

By नेपाल न्युज

सम्बिन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.